दफा २१
धरौटी, जमानत, हाजिर जमानी वा तारेखमा छोडदाको प्रक्रिया
(१) संहिता बमोजिम अनुसन्धनको सिलसिलामा हिरासतमा रहेको व्यक्तिलाई संहिताको दफा १५ को उपदफा (१) तथा नियम २० बमोजिम अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिलाई धरौट वा जमानतमा छाडदा सो सम्बन्धमा निर्णय गरी नगद बा बैंक ग्यारेन्टी लिनु पर्नेछ। नगद वा बैंक ग्यारेन्टी दिन नसक्ने भएमा सम्बन्धित मालपोत कार्यालयले मूल्यांकन गरे अनुसारको जेथा जमानत लिनु पर्नेछ। बैंक ग्यारेन्टी दिएकोमा त्यस्तो बैंक ग्यारेन्टी असिमित अवधिको हुनु पर्नेछ ।
(२) संहिताको दफा १५ को उपदफा (१) बमोजिमको अवस्थामा अनुसन्धान अधिकारीले देहायको कुरा विचार गरी अनुसन्धानको क्रममा हिरासतमा रहेको व्यक्तिसँग धरौट वा जमानत वा बैंक ग्यारेण्टीको रकम तोक्नु पर्छ :-
(को कसूरको प्रकृति र गम्भीरता,
(ख) अभियुक्त तथा कसूरदारको आर्थिक अवस्था तथा पारिवारिक स्थिति,
(ग) अभियुक्त वा कसूरदारको उमेर र शारीरिक स्थिति,
(घ) निज पहिले कुनै कसूरमा कसूरदार ठहरी सजाय पाएको वा नपाएको,
(ङ) निजले एकै वारदातमा विभिन्न कसूर गरे वा नगरेको,
(व) निजलाई हुन सक्ने सजाय र निजले व्यहोर्नु पर्ने क्षतिपूर्ति,
(छ) कसूरबाट पीडितलाई पुगेको क्षति,
(ज) कसुूरबाट सृजित परिणाम,
(झ) कसूरमा साबिती भए वा नभएको,
(श) असहाय वा अशक्त व्यक्ति वा गर्भवती वा स्तनपान गराउने शिशु भएकी महिला भए नभएको ।
(३) यस नियम बमोजिम कुनै व्यक्तिबाट धरौट, जमानत वा बैँक ग्यारेण्टी लिँदा अनुसूची- १० बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम प्रतिबादिले नगद रकम दाखिल गर्न ल्याएमा सो रकम सम्बन्धित कार्यालयले धरौटी खातामा जम्मा गरी त्यसको प्रमाण मिसिल सामेल राख्नु पर्नेछ । अदालतबाट थुनछेकको क्रममा अनुसन्धान अधिकारीले लिएको धरौटी नै कायम गरेमा त्यसरी कायम गरेको रकम बाहेक बाँकी धरौटी सम्बन्धित अनुसन्धान अधिकारीले सम्बन्धित व्यक्तिलाई तत्काल फिर्ता गरिदिनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम धरौट, जमानत वा बैंक ग्यारेन्टी लिई अनुसन्धानमा रहेको व्यक्ति अनुसन्धान अधिकारीले खोजेका बखत उपस्थित नभइ फरार भएमा निजले राखेको त्यस्तो धरौट, जमानत वा बैंक ग्यारेन्टी बापतको रकम जफत हुनेछ ।
तर काबूबाहिरको परिस्थिति परी उपस्थित हुन नसकेको भनी मुद्वा दायर गर्ने हदम्याद
भित्रै एकै पटक वा बढीमा दुई पटकसम्म कारण जनाइ निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा एकै पटक वा पटक पटक गरी बढीमा पन्ध्र दिनसम्म उपस्थित नभए पनि निजले राखेको त्यस्तो धरौट, जमानत वा बैंक ग्यारेन्टी बापतको रकम जफत हुने छैन ।
(६) उपनियम (१) बमोजिम नगद, बैंक ग्यारेन्टी वा जमानत नदिने व्यक्तिलाई अनुसन्धान अधिकारीले थुनामा नै राख्रेछ ।
(७) थुनामा राखिएको व्यक्तिलाई यस नियम बमोजिम नगद, बैंक ग्यारेन्टी वा जमानत लिई वा कसैको जिम्मा जमानीमा छाडी अनुसन्धान अधिकारीले तारिखमा राखी वा आवश्यकता भएको बखतमा उपस्थित हुने गरी अनुसन्धान गर्न सक्नेछ ।
(८) संहिताको दफा १५ को उपदफा (४) बमोजिम अनुसन्धान अधिकारीले जमानी दिने व्यक्तिलाई जरिवाना गरी असूल गरेको रकम नेपाल सरकारको खातामा जम्मा गर्नु पर्नेछ ।